राजनीति

रुपा सुनार-घरभेटी प्रकरणमा कांग्रेसको प्रश्न

'मन्त्रीको भूमिका व्यक्तिगत स्वेच्छातारिता कि राज्यकै प्रतिनिधित्व ?'

इकागज |
असार ११, २०७८ शुक्रबार १७:५ बजे

काठमाडौँ : नेपाली कांग्रेसले 'जातीय विभेदको प्रश्नमा राज्य कहाँ उभिने ?' भन्दै प्रधानमन्त्री केपी ओलीलाई प्रश्न गरेको छ । कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले शुक्रबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीलाई राज्य न्यायको संरक्षक र समाधानको कि द्धन्द्ध बढाउने  पक्षधरता भन्‍दै प्रश्न गरेका छन् । कांग्रेसले संचारकर्मी रुपा सुनारको मुद्दामा मन्त्री आफैं गइ घरधनीलाई रिहा गरेको सन्दर्भमा उक्त कुरा उठाएको हो ।

'दशक लामो हिंसा अन्त्य गर्न समर्थ भएका हामीले दलित समुदायमाथिको हिंसा रोक्न सकेनौं,' विज्ञप्तिमा भनिएको छ, 'संविधान अनुरुप न्याय र समानताको संस्कार निर्माण गर्न सकिएको छैन । यस्तो परिस्थितिमा देश बन्ने र बनाउने परिभाषाभित्र सामाजिक रुपान्तरणको प्रश्नलाई गहन गर्दै नविन राष्ट्रिय विमर्श थालनी गर्न भएको अत्यावश्यक छ ।'  


साथै कांग्रेसले जातिय विभेद बारे मतभेद चलिरहेको बेला ओली मन्त्रिमण्डलकै मन्त्रीको व्यवहार र प्रधानमन्त्रीको मौनतामाथि पनि गम्भीर प्रश्न खडा भएको उल्लेख गरेको छ । रुपा सुनार र सरस्वति प्रधानको प्रकरणले हामी कस्तो समाज, कस्तो न्यायप्रणाली र कस्तो राजनीति चाहान्छौं भन्ने प्रश्न उब्जिएको कांग्रेसको ठहर छ ।


Author

थप समाचार
x