राजनीति

ठूला दलको समीकरणले मुलुकका समस्या समाधान गर्न सहज - गृहमन्त्री लेखक

इकागज |
भदौ ७, २०८१ शुक्रबार १२:१९ बजे

जनकपुर - गृहमन्त्री रमेश लेखकले दुई ठूला दल एक ठाउँमा आएर सरकार निर्माण गर्दा मुलुकमा व्याप्त समस्या समाधान गर्न सहज हुने बताएका छन् । यसले नेपाली जनतामा सरकारप्रति विश्वासको वातावरणको सिर्जना भएको बताए । 

शुक्रबार बिहान जिल्ला प्रशासन कार्यालय धनुषाको भवनको शिलान्यास गर्दै गृहमन्त्री लेखकले दुई ठूला दलको समीकरणबाट बनेको यो सरकारले मुलुकको आत्मविश्वास मात्रै नभई जटिल समस्या समाधान गर्न समेत सघाएको दाबी गरे ।


१८ वर्षदेखि संक्रमणकालीन न्याय सम्बन्धी विषय निष्कर्षमा पुग्न सकि रहेको थिएन तर दुई ठूला दल कांग्रेस र एमाले एक ठाउँमा उभिदा संक्रमणकालीन न्याय सम्बन्धी विषय निष्कर्षमा पुर्याउन सफल भएको उनले बताए । यसले जटिल समस्या समाधान मात्रै गरेको छैन मुलुकमा राजनीतिक स्थायित्व समेत प्रदान गरेको उनको भनाई थियो ।

उनले भने ‘केही दिनमै समीकरण बन्ने र भत्किने हुँदा देशले राजनीतिक रुपमा स्थायित्व पाएन, यसले प्रत्यक्ष सेवा प्रवाहलाई समेत प्रभावित गर्यो । अहिले निर्माण गरिएको नयाँ समीकरण मुलुकका लागि निर्विकल्प छ, यो समीकरण निष्कर्षमा नपुगेसम्म यसको विकल्प खोज्नु उचित हुने छैन ।'


Author

थप समाचार
x