राजनीति

प्रम ओलीले भने- ९ वर्षसम्म २२ अर्ब रुपैयाँ किन उठाइएन भन्‍ने कुराको जवाफ खोजिनुपर्छ

इकागज |
भदौ ९, २०८१ आइतबार २१:४५ बजे

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले नौ वर्षसम्म पनि डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता नउठाएको विषयमा जवाफ खोजिनुपर्ने बताएका छन् ।

आइतबार राति सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । ओलीले भनेका छन्, 'केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा डेडिकेटेड फिडर र ट्रंक लाइनका उपभोक्ताबाट सरकारले महसुस उठाउन खोजिरहेको छैन भन्ने बारम्बार प्रश्न आइरहेको छ । तर, सरकारको कुरा यत्रो ९ वर्षसम्म किन २१ अर्ब ८८ करोड रुपैयाँ महसुल उठाइएन, किन १६ अर्ब छुट दिइयो भन्ने हो । उद्योग बन्द नगरी, रोजगारी र उत्पादनमा असर नपुर्याई उद्योगहरूबाट बक्यौता उठाउनै पर्छ, रेकर्डमा देखिएको महसुलमा एक रुपैयाँ पनि छुट दिनु हुँदैन । ९ वर्षसम्म २२ अर्ब रुपैयाँ किन उठाइएन भन्ने कुराको पनि जवाफ खोजिनु पर्छ ।'


 


Author

थप समाचार
x