राजनीति

विपक्षी दलका विद्यार्थी संगठनको प्रतिकारमा उत्रियो युवा संघ

इकागज |
असार १२, २०७८ शनिबार २१:५१ बजे

जनकपुरधाम : प्रधानमन्त्री केपी शर्मा ओली प्रदर्शनमा उत्रेका विपक्षी गठबन्धन दललाई सतारूढ एमालेका युवा संघले प्रतिकार गरेका छन् । पूर्वनिर्धारित कार्यक्रम अनुसार प्रधानमन्त्री ओलीविरूद्ध प्रतिगामी कदम चालेको भन्दै विपक्षी ५ दलिय गठबन्धनको भ्रातृ संगठनले जनकपुरधाममा विरोध प्रदर्शन गर्दा युवा संघका नेता कार्यकर्ताहरूले प्रतिकार गरेका हुन् ।

विपक्षी दलका संयूक्त विद्यार्थी संगठनको अगुवाइमा शनिबार बेलुका जनकपुरधामको रेल्वे स्टेसनबाट निस्केको विरोध रैली चर्को नारावाजी गर्दै शिव चोकमा कोण सभा गर्ने क्रममा युवा संघले प्रतिकार गरेपछि दोहरो झडपसमेत भएको छ ।


झडप हुन सक्ने सम्भावनालाई व्यापक संख्यनमा प्रहरी परिचालन गरिएको कारण समान्य झडप भए पनि ठुलो दुर्घटना हुनबाट जोगिएको छ ।

विपक्षी दलका विद्यार्थी संगठनले विरोध प्रदर्शन गरिरहेको थाहा पाएपछि विपक्षी दल विरूद्ध नाराबाजी गर्दै प्रतिकारमा उत्रेका थिए । कडा सुरक्षा भएको कारण विपक्षीले छोटोमै कार्यक्रम सम्पन्न गरे पनि प्रतिकारमा उत्रेकाहरूबीच सामान्य झडप भएको थियो । समापनको क्रममा ओली समूहका युवाहरू आफुहरुमाथि पटक पटक हातपात गर्ने प्रयास गरेका थिए भने सो क्रममा सामान्य झडपसमेत भएको तर प्रहरीको सुरक्षाको कारण अप्रियबाट जाेगिएकाे अखिल क्रान्तिकारी धनुषाका विद्यार्थी नेता मनिष यादवले बताएका छन् ।


Author

थप समाचार
x