राजनीति

७६(५)लाई निर्दलीय आधारमा प्रयोग गर्न दिए फ्लोरक्रस, पार्टी विभाजन, अपवित्र गठबन्धन बढ्छ : थापा

इकागज |
असार १३, २०७८ आइतबार ७:३९ बजे

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधानको धारा ७६(५)लाई निर्दलीय आधारमा प्रयोग गर्न पाइने नजिर कायम भए भविष्यमा फ्लोरक्रस,पार्टी विभाजन,अपवित्र गठबन्धन र अस्थिरता नियमित र वैधानिक हुने बताएका छन् ।

सामाजिक सञ्‍जाल ट्‍वीटरमा अध्यक्ष थापाले विद्यमान चुनाव प्रणालीको कारण साधारणतया एउटै दलले पूर्ण बहुमत पाउने संभावना कम रहेको पनि उल्लेख गरेका छन् ।


'विद्यमान चुनाव प्रणालीको कारण साधारणतया एउटै दलले पूर्ण बहुमत पाउने संभावना कम छ,' थापाले ट्‍वीटरमा लेखेका छन्, 'त्यस अवस्थामा संविधानको धारा ७६(५)लाई निर्दलीय आधारमा प्रयोग गर्न पाईने नजिर कायम भयो भने भविष्यमा फ्लोरक्रस, पार्टी विभाजन, अपवित्र गठबन्धन र अस्थिरता नियमित र वैधानिक हुनेछ । के संविधानको आशय त्यही हो ?'


Author

थप समाचार
x