राजनीति

ईन्द्रजात्राको अक्षयकोष १५ करोड बनाउन पहल गर्छु - मन्त्री पाण्डे

इकागज |
भदौ २४, २०८१ सोमबार १९:२९ बजे

काठमाडौँ - संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले ईन्द्रजात्रा अन्तराष्ट्रिय रूपमा स्थापित भइसकेको बताएका छन् । सोमबार ईन्द्रजात्राको पूर्व तयारीका सन्दर्भमा सम्बन्धित सरोकारवाला निकायहरूसँग कुरा गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् ।

त्यसै गरी मन्त्री पाण्डेले  ईन्द्रजात्राको  अक्षय कोषलाई ५ करोडबाट बढाएर १५ करोडको बनाउन पहल गरिने विश्वास दिलाएका छन् । सो अवसरमा ईन्द्रजात्रासँग सरोकारका विषयमा अन्तर मन्त्रालय र तीनवटै तहका सरकारसँग समन्वय गर्न मन्त्रालय तयार रहेको बताए । 


जात्राको अवसरमा विगतमा देखिएका कमीकमजोरीहरू सच्याएर भव्य, सभ्य रूपमा सफल पार्नका लागि आव्हान गरे । ईन्द्रजात्रा आगामी असोज एक गते मनाइने भएको छ।


Author

थप समाचार
x