सरकारी निकायमा हुनुपर्ने कामको फाइल रोकिन्न - प्रधानमन्त्री
फाइल फाेटाे
काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निकायमा हुनुपर्ने कामको फाइल नरोकिने बताएका छन् ।
काठमाडौँको बुढानीलकण्ठमा नव निर्मित पाँचतारे होटल लेमट ट्रि प्रिमियरको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले कुन फाइल कहाँ पुगेर किन अड्किएको छ भन्ने ट्रयाकिङ्क प्रविधि बनाएको भन्दै कुनै पनि फाइल नरोकिने बताएका हुन् ।
व्यवसायीहरूले निर्वाध रुपमा व्यवसायीक काम गर्न सक्ने भन्दै उनले काम गर्नका लागि कहीँ कतै नजराना बुझाउनु नपर्ने धारणा राखे । प्रधानमन्त्री ओलीले सरकार मुलुकलाई नयाँ ढङ्गले अगाडि बढाउने प्रक्रियामा रहेको र सुशासनसहित छिटो छरितो राज्यका सेवाहरू जनतालाई दिन सरकार अग्रसर रहेको स्पष्ट पारे ।
उनले व्यवसायीहरूलाई सरकारले गर्नुपर्ने सहजीकरणमा कमी हुन नदिने प्रतिवद्धता जनाए । साढे दुई अर्बको लगानीमा पाँच वर्षमा उक्त होटल निर्माण भएको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया