राजनीति

नेपाल इन्जिनियर्स एसोसिएसन गण्डकीमा काँग्रेसिनकट जिसीको प्यानलनै विजयी

इकागज |
भदौ २९, २०८१ शनिबार २२:५ बजे

कास्की - इन्जिनियरहरूको छाता संस्था नेपाल इन्जिनियर्स एसोसिएसन गण्डकी प्रदेशको अध्यक्षमा सन्तोष जिसी निर्वाचित भएका छन् । यही भदौ २८ देखि सुरु भएको तेस्रो कार्यकारिणी समितिको अधिवेशनमा  आज सम्पन्न निर्वाचनबाट जिसी पाँच सय ९२ मतसहित विजयी भएका हुन् । उनका प्रत्याशी महेन्द्रबहादुर गोदारले चार सय ७६ मत प्राप्त गरे । 

निर्वाचनमा नेपाली कांग्रेस निकट लोकतान्त्रिक र नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) निकट वामपन्थी/प्रगतिशील समूहबीच प्रतिस्पर्धा भएकामा लोकतान्त्रिक समूहले सबै पदमा जित हासिल गरेको हो ।


यसैगरी, नेपाल इन्जिनियरिङ एसोसिएसन केन्द्रीय कार्यकारिणी समितिका लागि भएको निर्वाचनमा गण्डकी प्रदेशबाट अवित केसी ६ सय ६ मतसहित विजयी भए । उनका प्रत्याशी रामचन्द्र पोखरेलले चार सय ३९ मत पाए । 

गण्डकी प्रदेशको उपसभापतिमा विशाल थापा छ सय ६८ मत ल्याएर विजयी हुँदा प्रत्याशी कृष्ण रिजालले तीन सय ९० मत प्राप्त गरे । सचिवमा निरोज लामिछाने ६ सय ६ मत ल्याएर विजयी भए । उनका प्रत्याशी आनन्द भट्टराईले चार सय ४२ मत पाए । सहसचिवमा मञ्जु शिलाकार पाँच सय २४ मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धी अस्मिता खनालले पाँच सय २१ मत पाए ।  कोषाध्यक्षमा विश्वास आचार्य पाँच सय ८५ मत ल्याएर विजयी हुँदा प्रत्याशी सोवित श्रेष्ठले चार सय ६९ मत प्राप्त गरे । 

सदस्यहरूमा महेन्द्र पौडेल, सक्षम अधिकारी, सञ्जयराज तिमिल्सिना, रोचक क्षेत्री, ध्रुव रेग्मी, निरोज घिमिरे, लालबहादुर खत्री, मनोज गिरी, रमेश भट्ट र सुमन शर्मा विजयी भएको निर्वाचन समितिले जनाएको छ । 
 


Author

थप समाचार
x