राजनीति

ओली र देउवालाई कार्यदलले बुझाएको न्युनतम् साझा कार्यक्रममा के-के छ ? (प्रतिवेदनसहित)

इकागज |
असोज ३, २०८१ बिहीबार ६:३७ बजे

काठमाडौँ - नेपाली कांग्रेस र नेकपा एमालेको सरकारको न्यूनतम् साझा कार्यक्रम बनाउन गठन गरिएको कार्यदलले प्रतिवेदन बुझाएको छ ।

बुधबार साँझ कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई न्यूनतम् साझा कार्यक्रम सम्बन्धी प्रतिवेदन बुझाएको हो ।


कार्यदलमा नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता डा. प्रकाश शरण महत थिए भने एमालेबाट उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेका थिए ।

सरकार गठनको दुई महिना भइसक्दा पनि सरकारले न्यूनतम् साझा कार्यक्रम तय नगरेको भन्दै आलोचना भएपछि दुई दलले कार्यदल बनाएका थिए ।


Author

थप समाचार
x