राजनीति

सहरी विकासमा देखिएका समस्या समाधान गरेरै अघि बढ्छौँ - कार्यवाहक प्रधानमन्त्री सिंह

इकागज |
असोज ६, २०८१ आइतबार १६:१३ बजे

फाइल फाेटाे

काठमाडौँ - कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सहरी विकासमा देखिएका समस्या समाधान गरेरै अघि बढ्ने प्रतिवद्धता जनाएका छन् । 

आइतबार सिंहदरबारमा नेपाल जग्गा तथा आवास विकास महासंघका प्रतिनिधिहरूसँग छलफल गर्दै सिंहले सहरलाई व्यवस्थित तरिकाले अगाडि बढाउनका लागि नीति नियम बनाएर नै अघि बढ्ने समेत बताए । ​


ग्रोथको इन्जिन सहरी क्षेत्र भएकाले यसलाई व्यवस्थित गर्दै लैजानुपर्ने उनले बताए । अर्पाटमेन्टदेखि विभिन्न क्षेत्रमा देखा परेका कमी कमजोरीहरूलाई खोजेर समाधान गर्नुपर्नेमा उनले जोड दिए । 

छलफलका क्रममा महासंघका प्रतिनिधिहरूले सहरी ऐन छिटो ल्याएर यस क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्नुपर्नेमा जोड दिएका थिए । 

 


Author

थप समाचार
x