राजनीति

अहिलेको उपलब्धिहरूलाई असर नपर्ने गरि संविधान संशोधन गर्न सकिन्छ - नारायणकाजी श्रेष्ठ

इकागज |
असोज ६, २०८१ आइतबार १८:२५ बजे

फाइल फाेटाे

काठमाडौँ - नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अहिलेको उपलब्धिहरूलाई असर नपर्ने गरि संविधान संशोधन गर्न सकिने बताएका छन् ।

संविधान सभा सदस्य परिषद् नेपालले आइतबार सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा श्रेष्ठले साझा सहमतिको आधारमा उपलब्धिहरूलाई कुनै असर नपर्ने गरि संविधान संशोधन गर्न सकिने बताएका हुन् ।


सबै दलको समझदारीमा हुने संविधान संशोधनमा माओवादीको सहयोग नै रहने उनले बताए । उनले प्रतिगमन मुर्दावाद भनेर मात्रै संविधान र लोकतन्त्रको रक्षा नहुने भन्दै रुपान्तरण, विकास र जीवन पद्धतिमा जनताले खोजेको परिवर्तनको पक्षमा काम गर्नुपर्ने धारणा राखे । ​

उनले संविधान संशोधनका क्रममा राष्ट्रियता, परराष्ट्र नीति लगायतका विषयमा सहमति कायम गर्नैपर्ने जिकिर गरे । 


Author

थप समाचार
x