राजनीति

कालो झण्डा देखाउने हल्लापछि प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री राणाको स्वागत कार्यक्रम स्थगित

इकागज |
असोज ७, २०८१ सोमबार ९:१९ बजे

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा. आरजु राणाको सम्मानमा आइतबार न्युयोर्कमा आयोजना गरिएको स्वागत तथा अन्तर्क्रिया कार्यक्रम स्थगित भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका विदेश विभाग र न्युयोर्कमा रहेका नेपाली पहिचानवादी विदेश विभागका संघसंगठनहरूले उनीहरूलाई कालो झण्डा देखाउने भन्दै सामाजिक सञ्‍जालमा आह्वान गरेलगत्तै स्थानीय सुरक्षाकर्मीले भीभीआइपीहरूको सुरक्षा गर्न नसक्ने जानकारी दिएको थियो ।


त्यसपछि आयोजकहरूले सो कार्यक्रम रद्द गरेको जानकारी प्राप्त भएको छ ।


Author

थप समाचार
x