राजनीति

एमाले सचिवालय बैठक बस्दै, बाढी पीडितबारेमा छलफल हुने

इकागज |
असोज २४, २०८१ बिहीबार ८:५१ बजे

काठमाडौँ- नेकपा एमालेले सचिवालय बैठक बस्दैछ ।

च्यासल, ललितपुरस्थित केन्द्रीय कार्यालयमा सो बैठक बस्नेछ । बैठक आज १२ बजेदेखि सुरु हुनेछ ।


आजको बैठकमा वडादसैँको शुभकामना आदानप्रदान तथा देशभर भएका बाढी पहिरोको घटनामा भएको क्षति संकलन र उद्धारसहितका कार्यमा सरकार र पार्टीले खेलेको भूमिकाबारेमा छलफल हुने जनाईएको छ ।
 


Author

थप समाचार
x