राजनीति

एमालेको महाधिवेशन आयोजक कमिटी भंग, नेपालसहितका नेतामाथिको कारबाही फुकुवा

माओवादीबाट आएका नेताहरू स्थायी कमिटीमा

इकागज |
असार १६, २०७८ बुधबार १४:४५ बजे

फाइल तस्‍बिर

काठमाडौँ : नेकपा एमाले दसौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी अब केन्द्रीय कमिटी रूपान्‍तरण भएको छ । आज बसेको आयोजक कमिटीको बैठकले केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए । उनकाअनुसार पार्टी एकता र सर्वोच्च अदालतको केन्द्रीय कमिटी ब्युँताउने फैसलालाई ध्यानममा राख्दै आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रूपान्तरण गरिएको हो ।

उनले पार्टीका हरेका कामहरू अब केन्द्रीय कमिटीकै नामबाट सञ्चालन हुने जानकारी दिए ।  माओवादीबाट एमाले आएका नेताहरू समेत स्थायी कमिटीमा रहने ज्ञवालीले बताए । बैठकले नेकपा एकता प्रक्रियामा एमालेबाट थपिएका रघुवीर महासेठ, विष्णु रिमाल, बेदुराम भुसाल र रघुजी पन्तसहित माओवादीतर्फ नलागी एमालेमा समाहित भएका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा स्थायी कमिटीमा लैजाने निर्णय भएको उनले बताए ।


त्यसैगरी केन्द्रीय कमिटीको आगामी बैठक यहि असार १८  गतै काठमाडौँमा बस्ने भएको उनले जानकारी दिए । वैशाख १२ मा बसेको कमिटीको बैठकले र जेठ २३ गते बसेको स्थायी कमिटीको बैठकले पार्टीका नेता कार्यकर्तालाई गरेको कारबाही पनि अब केन्द्रीय कमिटी ब्युँतिएसँगै फुकुवा भएको प्रवक्ता ज्ञवालीले बताए । बैठकलले कोभिड रोकथामका लागि सरकारले गरेको काम सम्रगमा प्रभावकारी भएको निष्कर्ष पनि आजको बैठकले निकालेको उनले बताए । ज्ञवालीकाअनुसार सम्पूर्ण नेपालीलाई चाँडोभन्दा चाँडो खोप उपलब्ध गराउन तथा बाढी पहिरोमा विस्तापित बनेका नागरिकको पुन: स्थापना गर्न बैठकले सरकारलाई ध्यानाकर्षण गराएको छ । त्यस्तै वरिष्ठ नेता झलनाथ खनालको उपचारको जिम्मा पनि पार्टीले लिने निर्णय गरेको छ ।


Author

थप समाचार
x