राजनीति

वर्तमान सरकारले सय दिनमा धेरै राम्रो काम गर्यो : परराष्ट्रमन्त्री राणा

इकागज |
कात्तिक ७, २०८१ बुधबार २०:५५ बजे

फाइल फाेटाे

काठमाडौँ - परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले वर्तमान सरकारले सय दिनमा धेरै राम्रो काम गर्न सफल भएको बताएकी छिन् । ​

बुधबार सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री राणाले देशको विग्रेको अवस्थाबाट सरकार सम्हालेको भन्दै अहिलेसम्म आइपुग्दा धेरै राम्रा काम गर्न सफल भएको बताएकी हुन् ।


उनले वर्तमान सरकारप्रति नागरिकको अपेक्षा धेरै भएकाले त्यसअनुसार शतप्रतिशत काम गर्न भने गर्न नसकेको जिकिर गरिन् । हालैको बाढीपहिरोपछिको उद्दार, राहत र सडक सञ्जाल छिटै सञ्चालन गर्न सफल भएको उनले बताइन् । मन्त्री राणाले प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा भएका काम कारवाहीको सुरुवाती संकेत निकै राम्रो भएको दावी गरिन् ।

उनले कानुनी प्रक्रियाका आधारमा सहकारी प्रकरणमा छानबिन भएको बताइन्। 


Author

थप समाचार
x