राजनीति

कालीगण्डकी डाइभर्सन परियोजना रोक्न रिट

इकागज |
असार १६, २०७८ बुधबार २१:१८ बजे

काठमाडौँ : सर्वोच्च अदालतमा कालीगण्डकी डाइभर्सन बहुद्देश्यीय परियोजना रोक्न आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ । राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयलगायतलाई विपक्षी बनाई आज अधिवक्ताहरू तुलसीराम पोखरेल, रामबहादुर शाही र सन्तोष भण्डारीले रिट निवेदन दायर गरेका हुन् । 

रिट निवेदनमा शालिग्राम शीला पाइने विश्वकै एकमात्रै नदी कालीगण्डकीको स्वरुप परिवर्तन हुने गरी डाइभर्सन गरेर रुपन्देहीको तिनाउ खोलामा झार्न लागिएको हुँदा योजना रोक्न आदेशको माग गरिएको  छ ।


निरन्तर प्राकृतिक रूपमा बगिरहेको नदीलाई स्याङ्जाको गल्याङ नगरपालिका-१ बाट डाइभर्ट गरेर तिनाउ खोलामा झार्ने गरी अगाडि बढाउन लागिएको परियोजनाले गण्डकी प्रदेश र नदीको जलाधार क्षेत्र राम्दीदेखि देवघाटसम्मका लाखौं स्थानीय बसिन्दालाई प्रभावित पार्नेसमेत रिटमा छ । (रासस)
 


Author

थप समाचार
x