राजनीति

मानवतस्करको आशंकामा जापान अध्यागमनले डिपोर्ट गरेको थियो पूर्वमन्त्री अधिकारीलाई

इकागज |
कात्तिक २२, २०८१ बिहीबार १२:४२ बजे

फाइल तस्बिर

काठमाडौँ- स्वीकृति बेगर जापान पुगेका कोशी प्रदेशका पुर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीको दाबी झुटो साबित भएको छ । उनले भ्रमण दलमा 'नक्कली व्यक्तिहरू' सहभागी भएको भनिए पनि उनको दाबी झुटो भएको खुलेको हो । 

जापानको अध्यागमनले मन्त्री अधिकारलाई प्रवेश अनुमति नै नदिई विमानस्थलबाट फिर्ता पठाएको खुलेसँगै उनको दाबी झुटो भएको खुलासा भएको छ ।


उनले बुधबार पत्रकार सम्मेलनमा आफैं फर्किएको दाबी गरेका थिए । जापानको अध्यागमन अधिकारीहरूले उनलाई पठाएको निमन्त्रणा पत्र र उनीसँग गएका व्यक्तिहरूप्रति गम्भीर आशंका गरेको थियो । 

मन्त्री अधिकारीको टोलीले जापानको अध्यागमन कानुन उल्लंघन गरेकाले फिर्ता गरिदिएको पाइएको छ । जापानको अध्यागमन अधिकारीहरूले मानव तस्करीको आशंकामा मन्त्रीसहितको टोलीलाई घण्टौँ केरकार गरेको थियो । भ्रमणको औचित्य पुष्टि गर्न नसकेपछि अध्यागमन अधिकारीहरूले मानव तस्करीको आशंका गरेको र मन्त्री अधिकारीसहित सबैलाई डिपोर्ट गरिदिएको पाइएको छ ।

जापानको अध्यागमन अधिकारीहरूले उनीहरूलाई प्रवेश अनुमति नदिई (इन्ट्री रिफ्युज्ड) फिर्ता पठाएको थियो ।

मन्त्री अधिकारीको भ्रमण टोलीमा कञ्चन देवकोटा, जनक राई, दावा शेर्पा र अनिता तिमल्सिना रहेका थिए । उनीहरूसँग मन्त्रालयको परिचयपत्रसमेत रहेको थियो । उनीहरूमध्ये कञ्चन, जनक र दावालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै यो प्रकरणको खुलासापछि मन्त्री अधिकारीले पदबाट राजीनामा दिएका छन् ।

मन्त्री अधिकारीका अनुसार उनलाई जापानको टोकियो महानगरपालिकाको कार्यक्रममा सहभागी हुनका लागि निम्तो आएको थियो । तर, त्यही निम्तोप्रति जापानको अध्यागमन अधिकारीहरूले आशंका व्यक्त गरेको थियो । अक्टोबर २९ देखि नोभेम्बर ३ सम्मको कार्यक्रममा सहभागी हुने गरी आयोजकले बोलाएको उनको दाबी थियो । तर घटनाक्रम बाहिर आउँदा मन्त्री अधिकारी मानवतस्करमा संलग्न भएको प्रष्ट भएको छ ।


Author

थप समाचार
x