राजनीति

‘फ्रन्टलाइनर’ का चित्रहरू नष्ट गर्नु कला र कलाकारको अपमान : कांग्रेस

इकागज |
असार १७, २०७८ बिहीबार १६:४९ बजे

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले ‘फ्रन्टलाइनर’ को सम्मानमा अनुमति लिएर बनाइएका चित्रहरू नष्ट गर्नु कला र कलाकारको अपमान भएको नेपाली कांग्रेसले जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै ‘‘फ्रन्टलाइनर’ को सम्मानमा अनुमति लिएर बनाइएका चित्रहरु नष्ट गर्नु कला र कलाकारको अपमान । ब्यवहार निन्दनीय,’ भएको बताएका छन् ।
 
कलाकारहरु सांगे थिन्ले लामा, किपा शेर्पा र सुमिना श्रेष्ठ लगायतले फ्रन्टलाइनमा जुधिरहेका स्वास्थ्यकर्मी, सफाइकर्मी, प्रहरी, पत्रकार र शव व्यवस्थापनमा खटिएका योद्धाहरूको सामुहिक चित्र दुई साताअघि काठमाडौँको मुटुमा रहेको रत्नपार्कको आकाशे पुलको भित्तामा एक साता लगाएर बनाएका थिए । 

ति चित्रहरू बुधबार काठमाडौँ महानगरपालिकाका नगर प्रमुख विद्यासुन्दर शाक्यसहितको टोली गएर मेट्न लगाएको थियो । चित्रमा सेतो रंग पोतिएको थियो । 


युवा डुजाङ शेर्पाको परिकल्पना र स्थानीय वडा कार्यालयको लिखित अनुमतिमा एक साता लगाएर निर्माण गरिएको चित्रलाई एकाएक नष्ट गरिनुबाट कला र कलाकारको समेत अपमान भएको कांग्रेसले जनाएको छ । 


 


Author

थप समाचार
x