Ekagaj Logo
२८ कात्तिक २०८१, बुधबार
(Wednesday, 13 November, 2024)

राजनीति

पूर्वमन्त्री अधिकारीलाई आजै काठमाडौँ ल्याउँछौँ : डिआइजी खापुङ

इकागज |
कात्तिक २५, २०८१ आइतबार १२:४५ बजे

काठमाडौँ- मानव तस्करी प्रकरणमा प्रकाउ परेका पूर्वमन्त्री तथा कोशी प्रदेशसभा सदस्य लिलाबल्लभ अधिकारीलाई आजै काठमाडौँ ल्याइँदैछ । आइतबार बिराटनगरमा पक्राउ परेका अधिकारीलाई आजै काठमाडौँ ल्याइने कोशी प्रदेशका डिआइजी चन्द्र कुबेर खापुङले इकागजलाई जानकारी दिए ।

अधिकारी मन्त्रिपरिषद्‌बाट भ्रमण स्वीकृत नगराई जापान गएका थिए । उनीसँगै अरू तीन जना व्यक्ति पनि जापान गएका थिए । अधिकारीसँगै जापान पुगेकाहरूले प्रहरीसँगको बयानमा १० देखि १३ लाखसम्म रकम बुझाएको खुलेको हो ।


मानव तस्करीमा मुछिएपछि अधिकारीले बुधबार नै मन्त्री पदबाट राजीनामा दिएका थिए । अधिकारीसँगै उडेका तीन जना र कीर्ते कागजात बनाउनमा संलग्न तीन जना गरी ६ जनामाथि जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ ।

जापानको अध्यागमनले मन्त्रीसँगै गएका खोटाङका ३६ वर्षीय दावा शेर्पा, जनक राई र २२ वर्षीय कञ्चन देवकोटालाई डिपोर्ट गरेको थियो । उनीहरू मध्ये दुई जनाले आन्तरिक मामिला तथा कानुन मन्त्रालयकै परिचय पत्र बोकेका थिए भने एक जनासँग वडा सदस्यको परिचयपत्र रहेको थियो । 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयलाई अध्यागमन कार्यालयबाट पत्राचार भएपछि यसअघि नै तीनै जनालाई पक्राउ गरेको थियो । 

उनीहरूकै बयानका आधारमा किर्ते परिचयपत्र बनाउन सहयोग गर्ने जुगल रिजाल, वीरबहादुर सुनुवार र महेश पाण्डेलाई पनि प्रहरीले यसअघि नै पक्राउ गरेको थियो । 

र, यो पनि


Author

थप समाचार
x