एमाले केन्द्रीय कमिटी बैठकमा वामदेव गौतम
फाइल फोटो
काठमाडौँ : नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी हुन बालुवाटार पुगेका छन् । बालुवाटार पुगेका उपाध्यक्ष गौतम केहीबेर बैठकमा बसेर आफ्ना कुरा राखेर बाहिरिने सम्भावना छ ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली आफैँले एकता भाड्ने प्रयास गरेको, वार्तालाई गम्भीर रुपमा नलिएको, असन्तुष्ट पक्षलाई एकतामा ल्याउन प्रतिबद्ध नभएको गौतमको धारणा छ । यसअघिदेखि नै खनाल-नेपाल पक्षमा रहेका गौतम केही समय तटस्थ बसेका थिए ।
उनी बेला-बेला एमालेका विभिन्न बैठकमा उपस्थित हुने गरेपनि ओलीसँग असन्तुष्ट रहँदै आएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया