पछिल्लो समय खेलको क्षेत्रमा नेपाल क्रमशः अगाडि बढ्दै : सभामुख घिमिरे
फाइल फाेटाे
काठमाडौँ - प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पछिल्लो समय खेलको क्षेत्रमा नेपाल क्रमशः अगाडि बढ्दै भन्दै सरकारले यस क्षेत्रमा विशेष ध्यान दिनुपर्ने बताएका छन् ।
झापा क्षेत्र नं १ सांसद सचिवालय काठमाडौँ तथा नेपाली कांग्रेस क्षेत्र नं १ काठमाडौँ सम्पर्क समितिको आयोजनामा भएको शनिबार ललितपुरमा आयोजित प्रथम ‘झापा–१ काठमाडौँ कप’ फुटसल प्रतियोगिताको उद्घाटन समारोहमा सभामुख घिमिरेले खेलकुद क्षेत्रलाई राज्यले अझै पनि उचित स्थान दिन नसकेको भन्दै ध्यानाकर्षण समेत गराए ।
उनले खेल खेल्नका लागि मात्रै नभएर राष्ट्र, स्वास्थ्य र प्रतिष्ठाका लागि महत्वपूर्ण भएको उल्लेख गरे । उनले विगतको तुलनामा खेलकुद क्षेत्र थप वर्तमान समयमा केही राम्रो काम भएको भन्दै यसलाई अझै प्रोत्साहित गर्नुपर्नेमा जोड दिए ।
प्रतियोगितामा झापाका राजनीतिक दल, विभिन्न पेसा व्यवसायमा आबद्ध व्यक्ति, कलाकार, महिला, कर्मचारीसहितका समूहगत खेलाडी सहभागी थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया