राजनीति

उपनिर्वाचन : आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर चुनाव चिह्न दिँदै आयोग

इकागज |
मंसिर ५, २०८१ बुधबार ८:१ बजे

काठमाडौँ- मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको कार्यक्रम आज निर्वाचन आयोगले उम्मेदवारलाई चुनाव चिह्न दिने कार्यक्रम रहेको छ । 

आयोगले मंगलबार उम्मेदवारको नामावली सार्वजनिक गरेसँगै आज उम्मेदवारी फिर्ता लिने, अन्तिम नामावली सार्वजनिक गर्ने र उम्मेदवारलाई चुनाव चिह्न दिने कार्यक्रम रहेको आयोगले जानकारी दिएको छ । 


आयोगले आज बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ता गरेका उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने बताएको छ । 

त्यस्तै आयोगले आज अपराहन्न १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली सार्बजनिक गर्ने जनाएको छ ।  त्यस्तै आजै आयोगले आजै उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने कार्यसूची रहेको छ । 

यस अघि आइतबार उपनिर्वाचन हुने ४४ स्थानीय तहमा ४१० उम्मेदवारले मनोनयन दर्ता गरेका थिए । 

अहिले रक्त रहेका ४४ स्थानीय तहमा उपनिर्वाचन हुन लागेको छ । जसमा जिल्ला समन्वय समितिका प्रमुख दुई, नगरपालिका प्रमुख एक, उपमेयर एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष तीन,र ३५ वटा वडामा वडाध्यक्ष पद रिक्त रहेको छ ।

उपनिर्वाचन हुने स्थनीय तहमध्ये सबै भन्दा धेरै नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि छन् । कांग्रेसबाट निर्वाचित पालिका प्रमुख तीन जना, जिल्ला समन्वय समिति प्रमुख २ जना उपप्रमुख,उपाध्यक्ष तीन जना र वडाअध्यक्ष १६ जना छन् भने नेकपा एमालेबाट निर्वाचित ७ जना वडाअध्यक्ष छन् ।

माओवादीबाट निर्वाचित २ जना उपाध्यक्ष र ६ जना वडा अध्यक्षको निधन भएको छ भने जसपाबाट निर्वाचित एक जना र स्वतन्त्रबाट निर्वाचित एक जना वडा अध्यक्षको निधन भएको थियो । 


Author

थप समाचार
x