माइतीघर मण्डलामा सरकारविरुद्ध अनेरास्ववियू (क्रान्तिकारी)को प्रदर्शन
काठमाडौँ : मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट अनेरास्ववियू (क्रान्तिकारी)ले शुक्रबार सरकारविरुद्ध प्रदर्शन गरेको छ । क्रान्तिकारीले शुक्रबार माइतीघर मण्डलामा कोभिडविरुद्ध निःशुल्क खोप, लिपुलेक कालापानी, लिम्पियाधुरासहितको नक्सा पाठ्यक्रममा राख्नुपर्नेलगायतका माग राख्दै प्रदर्शन गरेको हो ।
क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले आम नेपाली नागरिकलाई केपी ओली सरकारले तत्काल निःशुल्क कोभिड खोप दिनुपर्ने माग गरे । उनले निजी अस्पतालदेखि शैक्षिक संस्थाहरूले समेत ब्रम्हलुट गरिहँदा सरकार मौन बसेको भन्दै आपत्ति जनाए । त्यस्तै, क्रान्तिकारीकी उपाध्यक्ष सिलु न्यौपानेले प्रधानमन्त्री ओलीले सत्ताका लागि झुटो खेती गरिरहेको आरोप लगाइन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया