बढ्दो प्रदूषण रोक्न सबै लागौँः उपसभामुख राना
फाइल फाेटाे
काठमाडौँ - उपसभामुख इन्दिरा रानाले नेपालमा वायु प्रदूषण बढिरहेको भन्दै यसतर्फ सबै गम्भीर हुनुपर्नेमा जोड दिएकी छिन् । ‘आर्टबिट’द्वारा ‘रङ्गीन सपना’ शीर्षकमा आजदेखि काठमाडौँस्थित नेपाल कलापरिषद्मा आयोजित नवकलाकार तथा बालबालिकाको कला प्रदर्शनी उद्घाटन गर्दै उपसभामुख रानाले बालबालिकाहरूले प्रस्तुत गरेको कला सिर्जनाले पनि प्रदूषण रोक्न आह्वान गरिरहेको बताइन् ।
यहाँ संस्कृतिलाई झल्काउने पोशाक, प्रकृति र वातावरणलाई कलामा प्रस्तुत गरिएको देख्दा खुसी लागेको उल्लेख गर्दै उनले भनिन्, “सेतो हिमाल र निलो आकास देख्नसक्ने अवस्था नभइरहेका बेला कलामा निलो आकाश, सेतो हिमाल देखाइएको छ । देशका पहाडहरु काला देख्न थालिएको छ, यो कलामा देखिएको सिर्जनशीलता नेपाललाई झल्काउने खालको छ, उहाँहरुले यस्तै प्रस्तुत गर्नुभएको छ ।”
नेपालमा प्रदूषण बढ्दो रहेको उल्लेख गर्दै उनले हामीमा अनुशासनको कमी भएको पनि बताइन् । उपसभामुख रानाले नयाँ पुस्तालाई प्रदूषणमुक्त वातावरण बनाइदिनुपर्ने र त्यसका लागि हामी सबै लाग्नुपर्नेमा जोड दिइन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया