राजनीति

काठमाडौँ महानगरले एमालेलाई इमेल र हुलाकबाट पठायो जरिवानापत्र

इकागज |
मंसिर १०, २०८१ सोमबार १३:४४ बजे

फाइल तस्बिर

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले नेकपा एमालेलाई  जरिवाना पत्र इमेल र हुलाकमार्फत पठाएको छ । 

भौतिक रुपमा एमालेले जरिवाना पत्र बुझ्न अस्विकार गरेपछि आज महानगरपालिकाले हुलाक र इमेलमार्फत जरिवाना पत्र पठाएको हो । 


हिजो एमाले मुख्यालय पुगेको महानगरको टोलीको पत्र भौतिक रूपमा एमालेले बुझ्न अस्वीकार गरेको थियो ।

जरिवानासहितको पत्र लिएर एमाले केन्द्रीय कार्यालय च्यासल पुगेको महानगरको टोलीलाई दरबारमार्गमा भएको एमाले जागरण सभाको आयोजक एमाले केन्द्रीय कार्यालय नभएको भन्दै पत्र बुझेको थिएन । 

महानगरपालिकाले दरबारमार्ग फोहोर गरेको भन्दै १ लाख जरिवाना गराएको हो । तर, एमालेले त्यसलाइ स्टन्डबाजी भनेर अस्विकार गर्दै आएको छ ।


Author

थप समाचार
x