स्वतन्त्रबाट खोस्यो कांग्रेसले कीर्तिपुर-४ को वडाध्यक्ष
काठमाडौँ- कीर्तिपुर नगरपालिका- ४ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
कांग्रेसका उम्मेदवार राजेन्द्र बानियाँ १०५५ मतसहित वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
उनका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार पविता खड्काले ८०६ मत ल्याइन् ।
नेकपा माओवादी केन्द्रका नारायण विष्टले ३८१ मत ल्याए भने एमालेका बद्री बुढाथोकीले ४६० मत पाए ।
२०७९ को चुनावमा यहाँ स्वतन्त्र उम्मेदवार श्यामकुमार अधिकारी १३८० मतसहित विजयी भएका थिए । यसपालि स्वतन्त्रबाट उनकी श्रीमती खड्का उम्मेदवार बनेकी थिइन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया