राजनीति

विद्यार्थी संगठनको विरोध

दैनिक जल्छ राष्ट्रपति र प्रधानमन्त्रीकाे पुत्ला (फोटो फिचर)

इकागज |
असार १९, २०७८ शनिबार १९:६ बजे

काठमाडौँ : प्रतिनिधि सभा विघटन गरेको विरोधमा पाँच विद्यार्थी संगठनले दैनिक राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्न थालेका छन् । पछिल्लो एक हप्तादेखि कांग्रेस, माओवादी, एमाले माधव नेपाल समूहका विद्यार्थी भ्रातृ संगठनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिरहेका हुन् ।


शनिबार पनि राजधानीमा विद्यार्थी नेताहरुले प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका छन् । प्रतिनिधि सभा विघटन गरेका प्रधानमन्त्री र राष्ट्रपतिको कदमविरुद्ध विद्यार्थी नेताहरुले राजधानी काठमाडौँसहित देशका विभिन्न शहरमा दैनिक प्रदर्शन गरिरहेका छन् ।

प्रदर्शनका क्रममा उनीहरुले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन् । काठमाडौँको नयाँ बानेश्वरस्थित कमर्श क्याम्पसबाट विद्यार्थी नेताहरुले जुलुस सुरु गर्दै बानेश्वर चोकसम्म पुगेर पुत्ला दहन गरेका थिए । 


Author

थप समाचार
x