राजनीति

राष्ट्रपति पौडेलको शल्यक्रिया सकियो, कस्तो छ स्वास्थ्य अवस्था ?

इकागज |
मंसिर १९, २०८१ बुधबार १३:५१ बजे

फाइल तस्बिर

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलको प्रोस्टेटसम्बन्धी शल्यक्रिया सकिएको भएको छ । 

त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जमा राष्ट्रपति पौडेलको प्रोस्टेटसम्बन्धी आधुनिक प्रविधिबाट शल्यक्रिया सम्पन्न भएको अस्पतालका निमित्त कार्यकारी निर्देश प्राडा घनश्याम गुरुङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


राष्ट्रपति पौडेल आज बिहान अस्पताल भर्ना भएका थिए । उनको अवस्था सामान्य रहेको शिक्षण अस्पताल, महाराजगञ्जले जानकारी दिएकाे छ ।


Author

थप समाचार
x