राजनीति

सभामुख पक्षका वकिल पोखरेल भन्छन्ः

‘प्रतिनिधि सभा विघटनको अधिकार संविधानले कटौती गरेको छ’

इकागज |
असार २०, २०७८ आइतबार १२:३५ बजे

फाइल फोटो

काठमाडौँ : प्रतिनिधि सभा विघटन विरुद्धको मुद्दामा सभामुख अग्नि सापकोटा पक्षका वकिलहरुले बहस सुरु गरेका छन् । यसअघि विपक्षी, सरकारी वकिल पक्षका वकिलको बहस सकिएपछि आइतबारदेखि सभामुख अग्नि सापकोटाका वकिकले बहस सुरु गरेका हुन् । सभामुखको तर्फबाट बहस गर्ने वकिललाई दुई घण्टाको समय दिइएको छ । 

बहसका क्रममा अधिवक्ता मेघराज पोखरेलले प्रतिनिधि सभा विघटन गर्ने अधिकार संविधानले कटौती गरेको बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गरेका पार्टीले समर्थन झिकिसकेको अवस्थामा त्यसलाई बेवास्ता गर्ने, जाँच्ने र प्रतिनिधि सभा विघटन गर्ने अधिकार राष्ट्रपतिलाई नभएको बताएका हुन् । 


‘विघटन गर्ने अधिकार संविधानले कटौती गरेको छ । पार्टीको समर्थन भ्यालिड छैन’ उनले संवैधानिक इजलासमा भने, ‘त्यसलाई इग्नोर गर्ने, जाँच्ने अधिकार राष्ट्रपतिलाई छैन । त्यो काम संसद्को हो ।’

साथै उनले संविधानको धारा ७६ (५) मा ह्विप लाग्ने व्यवस्था छैन नभएकाले ह्वीप पनि नलाग्ने बताएका हुन् । संवैधानिक इजलासमा सभामुखका वकिलको बहस सकिएपछि आजै रिट निवेदक पक्षका वकिलहरुले जवाफी बहस गर्ने तयारी छ । 


Author

थप समाचार
x