चलचित्र ऐनमा सुधार गर्न ढिलाइ हुँदैन : मन्त्री गुरूङ
फाइल फाेटाे
काठमाडौँ - सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले नेपाली चलचित्र क्षेत्रको विकास र प्रवर्द्धन गर्न आवश्यकपर्ने ऐन सुधार गर्न सरकारले ढिलाइ नगर्ने स्पष्ट पारेका छन् ।
पर्यटन बोर्डको सभाहलमा रेडियो तथा टेलिभिजनमा आबद्ध महिला पत्रकारहरूको छाता संस्था इन्टरनेसनल एसोसिएसन अफ वमन इन रेडियो एन्ड टेलिभिजन (आइवार्ट) नेपाल शाखाले आज आयोजना गरेको ‘पाँचौँ आइवार्ट नेपाल छोटो चलचित्र प्रतियोगिता २०२४’ मा मन्त्री गुरूङले चलचित्र आम मानिससम्म पुग्ने बलियो माध्यम रहेको बताए ।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरूङले भने, “नेपालमा बनिरहेका चलचित्र र यससम्बन्धी भइरहेका गतिविधिबाट हामीले फाइदा लिनुपर्छ । हाम्रो पर्यटनको प्रचार गर्न सक्छौँ । यसका लागि बाधा देखिएका ऐनमा सुधार गर्दै यस क्षेत्रको विकासका लागि मन्त्रालयसँगै चलचित्र विकास बोर्डले आफ्नो काम गरिरहेको छ । अहिले यो क्षेत्रमा देखिएको मनोमानी र भद्रगोल अवस्थालाई हामीले लयमा ल्याउँदैछौँ । आउँदो केही समयमा सबैले महसुस गर्नेगरी परिवर्तन गरिनेछ ।”
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया