राजनीति

इजलासले शब्द हेर्ने होइन, सार हेर्ने हो - वरिष्ठ अधिवक्ता मैनाली

इकागज |
असार २०, २०७८ आइतबार १४:१२ बजे

फाइल फोटो

काठमाडौैँ : वरिष्ठ अधिवक्ता लवकुमार मैनालीले प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासले शब्द नभई सार हेर्नुपर्ने सुझाव दिएका छन् । प्रतिनिधि सभा विघटनविरुद्धको बहसमा सभामुख अग्नि सापकोटा पक्षको वकिल वरिष्ठ अधिवक्ता मैनालीले संविधानमा शब्द भन्दा बढी त्यसको सार हेर्नुपर्ने बताएका हुन् । 

उनले राष्ट्रपति भण्डारीले संविधानको संरक्षण गर्नुको सट्टा संविधान कुल्चने काम गरेको बताए । ‘राष्ट्रपतिले संविधानको संरक्षण गर्नुपर्दैन । दायित्व नाघेर कुल्चने कुचेष्टा गर्ने ?’ उनले भने, ‘प्रधानमन्त्रीका लागि मात्रै यो प्रक्रिया गरिएको हो भन्ने आशंका गर्ने अवस्था आयो ।’ 


संसद चल्न पाओस् भनेर विघटनको अधिकार प्रधानमन्त्रीलाई नदिएको भएपनि प्रधानमन्त्रीले सनकका भरमा विघटन गर्दा राष्ट्रपतिले सदर गर्नु दुःखद भएको उनले बताए । ‘माथि दलको नेतालाई, तल प्रतिनिधिसभा सदस्यलाई भनेको छ’ उनले भने, ‘इजलासले शब्द हेर्ने होइन सार हेर्ने हो ।’ 


Author

थप समाचार
x