अध्यक्ष डा विष्टद्वारा शपथ ग्रहण
काठमाडौँ - सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सार्वजनिक सेवा प्रसारण संस्थाका नवनियुक्त कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।
गत शुक्रबारको मन्त्रिपरिषदको बैठकले डा विष्टलाई उक्त संस्थाको कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । डा विष्ट यसअघि नेपाल टेलिभिजनको कार्यकारी अध्यक्ष बनेका थिए ।
नेपाल टेलिभिजन र रेडियो नेपाल व्यवस्थापन गर्न सरकारले केही महिना अघि सार्वजनिक सेवा प्रसारण ऐन ल्याएको थियो । उक्त ऐन बमोजिम सार्वजनिक सेवा प्रसारण संस्थाको कार्यकारी अध्यक्षमा डा विष्ट नियुक्ति भएका हुन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया