राजनीति

छुवाछूतबारे बनेका कानुन कडाइका साथ लागू गर्नुपर्छ : मन्त्री गुप्ता

इकागज |
पुस ४, २०८१ बिहीबार १८:२० बजे

काठमाडौँ - संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले दलित समुदायको अधिकार सुनिश्चित गर्न र छुवाछूत तथा विभेद अन्त्य गर्न यससम्बन्धी बनेका कानुन कडाइका साथ लागू गर्नुपर्ने बताएका छन् । 

राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा ‘दलित समुदायको अधिकार तथा विकास र कानुनी व्यवस्थाको आवश्यकता सम्बन्धमा’ भएको छलफलमा मन्त्री गुप्ताले समाजमा छुवाछूतका घटनामा कुनै कमी नदेखिएकाले कानुन कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए । 


उनले भने, “समाजमा अझै छुवाछूतका घटना छन् । यसको अन्त्य गर्न कानुन कार्यान्वयन हुनुपर्छ । सचेतनामूलक कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्छ । यो मस्यौदा अघि बढोस्, मन्त्रालयले सहजीकरण गर्छ ।”
 


Author

थप समाचार
x