राजनीति

प्रधानमन्त्री ओलीविरुद्ध हुम्लामा नेविसंघको संविधान प्रदर्शन

इकागज |
असार २२, २०७८ मंगलबार ५:५७ बजे

हुम्ला : नेपाल विद्यार्थी संघले हुम्लामा संविधान प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले पटक पटक असंवैधानिक कदम चलाएको भन्दै नेविसंघले संविधान अनुसार अगाडी बढ्न संविधान प्रदर्शन गरेको हो । 

पटक पटक नेपालको संविधान मिचेर प्रधानमन्त्री र राष्ट्रपतिबाट देश चलाउने काम भइरहेकोले संविधानले व्यवस्था गरेका कुरा स्पष्ट गर्न संविधान प्रदर्शन गरेको नेविसंघ हुम्लाका अध्यक्ष धर्मराज जैसीले बताए । असंवैैधानिक तवरले प्रधानमन्त्री अगाडी बढिरहेकोले संविधान बारे बुझाउन र स्पष्ट गर्न हुम्लामा संविधानको प्रदर्शन गरेको उनले बताए । 



Author

थप समाचार
x