पर्यटकलाई कुनै पनि समस्या आउन दिनुहुँदैनः मन्त्री पाण्डे
फाइल फोटो
काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटकलाई कुनै पनि समस्या नहुने गरी सहजीकरणको व्यवस्था मिलाउन विमानस्थलसम्बद्ध निकायका अधिकारीहरूलाई निर्देशन दिएका छन् । आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्बद्ध निकायको बैठकमा उहाँले विदेशी नागरिक पहिलोपटक प्रवेश गर्ने अन्तर्राष्ट्रिय विमानस्थल संवेदनशील क्षेत्र भएकाले सकारात्मक सन्देश दिने गरी सबै जिम्मेवार भएर लाग्न निर्देशन दिएका हुन् ।
“यो विमानस्थल संवेदनशील क्षेत्र हो । त्यसैले सुरक्षा निकायको भूमिका अझै प्रभावकारी बनाउनुपर्ने देखिन्छ । हाम्रा सेवा यात्रुमैत्री हुन जरुरी छ । एकपटक आउने विदेशी पर्यटकलाई पटक–पटक यहाँ आउने वातावरण बनाउनुपर्छ”, मन्त्री पाण्डेले भने ।
उनले ४६ लाख क्षमता भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले हाल ९० लाख यात्रुलाई सेवा दिनुपर्ने बाध्यता रहेकाले प्रविधिमैत्री सेवा प्रवाह गरी सेवा चुस्तदुरुस्त बनाउनसमेत आग्रह गरे ।
मन्त्री पाण्डेले विमानस्थलमा देखिएका समस्याहरूको पहिचान गरी १५ दिनभित्र कार्ययोजना बनाएर अघि बढ्न निर्देशन दिए । उनले भने,’,“भन्सार, अध्यागमन, एयरलाइन्स, क्यान कसले के–के काम गर्ने र कति सयमभित्र गर्ने भनि कार्यायाजनासहित अगाडि बढ्न आवश्यक छ । त्यसका लागि १५ दिनभित्र योजना बनाउनुहोस् । अन्तरमन्त्रालयमार्फत हुने समन्वयात्मक कार्यका लागि हामी सधैँ अग्रसर रहनेछौँ ।” -रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया