आज मधेश केन्द्रित नेताहरू एकै ठाउँमा उभिँदै
काठमाडौँ- तराई-मधेश क्षेत्रबाट राष्ट्रिय राजनीतिमा उदाएका नेताहरूबीच एकताका लागि आज विचार मन्थन हुँदैछ ।
मधेशी एकता समाजले आज ‘मधेशी शक्तियौंमें सहकार्यः आवश्यकता, चुनौती और अवसर’ विषयक विचार मन्थन कार्यक्रम गरेर विभिन्न पार्टीमा रहेका मधेश केन्द्रित नेताहरूलाई एकै ठाउँमा भेला गर्दैछ ।
मंगलबार दिउँसो १२ बजेदेखि सुरु हुने कार्यक्रममा नेताहरू विभिन्न पार्टीका नेताहरूले धारणा राख्दैछन् ।
जसअनुसार सो संवाद कार्यक्रममा राजेन्द्र महतो, हृदयेश त्रिपाठी, राजकिशोर यादव, अनिलकुमार झा, सीके राउत, प्रभु साह, मोहम्मद इस्तियाक राई, हरिनन्दन कुमार रञ्जन, अमरेश कुमार सिंह, तुलानारायण साह, दिपेन्द्र चौबेले धारणा राख्नेछन् ।
सो कार्यक्रम अनामनगरस्थित तमू बौद्ध सेवा समितिको सेमिनार हलमा हुने आयोजकले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया