राजनीति

यस्तो छ ओलीले पेश गरेको राजनीतिक प्रतिवेदन (पूर्णपाठसहित)

इकागज |
पुस २१, २०८१ आइतबार १५:१० बजे

काठमाडौं - प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशभक्त, प्रगतिशील र जनवादी शक्तिहरु मजबुद भएका कारण मुलुकका प्रतिक्रियावादी शक्तिहरु आतंकित भएको बताएका छन् ।

आजदेखि च्यासलमा सुरु भएको एमालेको केन्द्रीय कमिटीको आठौँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिक्रियावादी शक्तिहरु निर्दयी र अमानवीय रुपमा एमाले विरुद्ध झुठा प्रचारमा लागेको टिप्पणी गरेका हुन् ।


एमालेको लोकप्रियता देखेर यसको लोकप्रियता घटाउन र एमालेलाई बदनाम गर्न विरोधीहरू लागेकाले पार्टीका सही नीतिका आधारमा एकताबद्ध भई झुठा प्रचार चिरेर पार्टीलाई निर्णायक शक्ति बनाउन जनस्तरमा लाग्न आग्रहसमेत गरेका छन् ।

 ‘हामी विरोधीका आरोपमाथि चुप लागेर बस्नु हुँदैन्, चुप लागेर बस्नुपर्छ भन्ने कमजोर धारणा हो, विरोधीका आरोपबारे तथ्यका आधारमा खण्डन गर्नुपर्छ र हाम्रा सबै सङ्गठनहरु उत्साहित भएर व्यक्ति व्यक्ति र घर घरमा पुग्नु पर्छ, वैचारिक कामलाई उत्तिकै महत्व दिनुपर्छ,’ अध्यक्ष ओलीले भने, ‘पार्टीभित्र गुटबन्दी र अराजकता अन्त्य गर्नैपर्छ, लोकतन्त्रका नाममा पार्टी भित्र गुटबन्दी गरेर भाँडभैलो मच्याउने कार्यले पार्टीलाई बलियो बनाउँदैन, बहकावमा लागेर होइन, एउटै नीतिगत लयमा पार्टी र देशको स्वार्थलाई केन्द्रमा राखेर हामी अगाडि बढ्न सक्नुपर्छ।’

यस्तो छ ओलीले पेश गरेको राजनीतिक प्रतिवेदन


Author

थप समाचार
x