राजनीति

शिक्षा क्षेत्रको सुधारका लागि नीतिगत कामहरू भइरहेको छ : शिक्षामन्त्री भट्टराई

इकागज |
पुस २२, २०८१ सोमबार १५:४८ बजे

फाइल फाेटाे

काठमाडौँ - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रको सुधारका लागि नीतिगत कामहरू भइरहेको बताएकी छिन् । 

शिक्षा क्षेत्रको सुधारका लागि माइतीघरमा धर्नामा बसेका विद्यार्थीहरुमाझ मन्त्री भट्टराईले शिक्षा क्षेत्रको सुधारका लागि ऐन कानून निर्माण देखि बिभिन्न नीतिगत कामहरु भइरहेको बताएकी हुन् । 


उनले तीन तहबीच समन्वयका आधारमा मात्रै शिक्षा सुधार गर्न सकिने धारणा राखिन् । मन्त्रालयले बिभिन्न शीर्षकमा स्थानीय तहमा बजेट पठाएपछि पालीकामा शिक्षा कोष र योजना हुन नसक्दा समस्या भएको उनले बताइन् । 

उनले बजेट बनाइसकेपछि आफू मन्त्रालयमा आएकाले आफ्नो भिजन बजेटमा राख्न नसकेकाले आगामी बजेटमाा स्पष्ट भिजनसहितको बजेटको व्यवस्था गरिने प्रतिबद्धता जनाइन् । यो वर्ष कार्यान्वयनमा नरहेका कार्यक्रमको बजेट प्रकोपबाट प्रभावित विद्यालयमा केन्द्रित गरेको उनले बताइन् । 

उनले शिक्षा सुधारको माग गर्दै निरन्तर माइतीघरमा धर्ना दिएका नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाई लगाएतलाई आन्दोलन स्थगित गर्न आग्रम समेत गिरन् । 


Author

थप समाचार
x