राजनीति

प्राकृतिक स्रोतसाधनको समुचित उपयोगबाट आर्थिक विकास सम्भवः पूर्वप्रधानमन्त्री देउवा

इकागज |
पुस २८, २०८१ आइतबार १८:५८ बजे

फाइल फाेटाे

म्याग्दी - पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्राकृतिक स्रोतसाधनको समुचित प्रयोगबाटै मुलुकको आर्थिक विकास सम्भव हुने बताएका छन् । 

बेनीमा आजदेखि सुरु आठौँ म्याग्दी महोत्सव एवं प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला–२०८१ को उद्घाटन गर्दै देउवाले जल, जमिन र जङ्गलको सदुपयोगबाट रोजगारी सृजना र आयआर्जजनका  अवसर सिर्जना गर्न सकिने धारणा व्यक्त गरे । 


“प्राकृतिक स्रोतसाधनको व्यवस्थापनमा निजी क्षेत्रलाई सहभागी बनाउने नीति निर्माणका लागि राजनीतिक रुपमा प्रयास भएको छ”, उनले भने, “लगानीमैत्री वातावरण बनाएर उद्योग व्यवसायलाई घरासायी हुनबाट बचाउन नीतिगत सुधारको काम थालेका छौँ ।” उद्योग, व्यवसायीको पीरमर्का सम्बोधन गर्न र हकहितका लागि नेपाली कांग्रेस सधैँ साथमा रहने उनले प्रतिबद्धता जनाए । 

फरक प्रसङ्गमा देउवाले म्याग्दी हुँदै ढोरपाटन जोड्ने सडकलाई मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक आयोजनाका रुपमा विकास गर्न बजेट व्यवस्थापन गर्न सम्बद्ध मन्त्रालयमा पहल गर्ने प्रतिबद्धता जनाए । 

बेनीको खुलामञ्च खेलमैदानलाई स्तरोन्नति गर्ने, बेनी अस्पतालको ५० शय्या क्षमताको भवन निर्माणलाई पूर्णता दिने, मालढुङ्गा–बेनीलगायत सडक आयोजनालाई गतिदिने, बेनीबजार संरक्षणका कामलाई बजेट व्यवस्था गर्न पहल गर्ने देउवाले प्रतिबद्धता जनाए । 


Author

थप समाचार
x