मुलुकमा विकासको गति उल्टो दिशातर्फ फर्कियो - झलनाथ खनाल
फाइल फाेटाे
काठमाडौँ - नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मुलुकमा विकासको गति उल्टो दिशातर्फ फर्किएको बताएका छन् ।
माघे सङ्क्रान्तिका अवसरमा इलाम विकास समाजले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा खनालले जनतामा देश विकासको बाटोतर्फ अघि बढोस् भन्ने चाहना भएपनि विकासको गति उल्टो दिशातर्फ फर्किएको अवस्था रहेको बताएका हुन् ।
देशमा दुई तिहाइको सरकार रहेपनि मुलुकको विकास निर्माणको अवस्था गति न मतिको रहेको उनले बताए । खनालले अहिले मुलुकको हर क्षेत्रमा समस्या मात्रै रहेको जिकिर गरे ।
उनले संविधानको प्रभावकारी कार्यान्वयन गर्दै देशलाई हर हालतमा सफलतातर्फ अघि बढाउनुपर्ने धारणा पनि राखे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया