बेलायतमा डा. शेखरलेको भेट मार्टिनसँग
काठमाडौं - बेलायत भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले तत्कालीन नेपालको शान्ति प्रक्रियामा निकै महत्त्वपूर्ण भूमिका खेलेको अनमिनका नेपाल प्रमुख ईयान मार्टिनसँग लण्डनमा भेटघाट गरेका छन् ।
भेटघाटका क्रममा मार्टिनले अहिले पनि नेपालको शान्ति प्रक्रिया अझै नटुङ्गिएकोले जतिसक्दो छिटो यसलाई टुङ्गयाउन सुझाव दिए ।
कोइरालासँगको भेटमा उनले यस्ता कुरालाई लामो समयसम्म राख्न नहुने बताए । तत्कालीन समयमा विद्रोहमा रहेको दल समेत निर्वाचन प्रक्रियामा प्रवेश गरिसकेको र अहिले नेपालमा कुनै पनि हिंसा नरहेकोले संक्रमणकालीन न्यायलाई टुङ्गयाउनु पर्ने उनको जोड थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया