राजनीति

जलवायु न्यायका लागि सगरमाथा संवाद : वनमन्त्री शाही

इकागज |
माघ ४, २०८१ शुक्रबार १८:५० बजे

फाइल फाेटाे

काठमाडौं - वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु न्यायसम्बन्धी विषय अन्तर्राष्ट्रियस्तरमा पु-याउने उद्देश्यले सगरमाथा संवाद आयोजनाको तयारी गरिएको बताएका छन् । 

राष्ट्रिय मानवाधिकार आयोगले आज यहाँ आयोजना गरेको स्वच्छ वायु अधिकार र जलवायु न्यायसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको तयारी बैठकमा उनले सम्मेलनका लागि आवश्यक सहयोग गर्न मन्त्रालय तयार रहेको उल्लेख गरे । बैठकमा उठाइएका विषयहरू स्वच्छ वायु, जलवायु न्याय र मन्त्रालयका लागि अत्यन्त महत्त्वपूर्ण रहेको उनको भनाइ थियो ।


उनले उपलब्ध अवसर र स्वच्छ प्रविधिको उपयोग गरेर नेपालले अन्य देशले गरेका गल्ती नदोहो-याई स्वच्छ र दिगो विकासको मार्ग अपनाउन सक्छन् भन्ने विषयमा जोड दिइएको बताए । 

विभिन्न १० मन्त्रालयका सचिवस्तरीय उपस्थिति र काठमाडौँ तथा ललितपुर महानगरपालिकाका कार्यकारी प्रमुखहरूको सहभागितामा  लामो समयपछि ‘काठमाडौँ उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना २०७६’ को बैठक सम्पन्न भएको उनले जानकारी गराए । 

उक्त कार्ययोजनाको मुख्य उद्देश्य काठमाडौँ उपत्यकामा वायु प्रदूषणको रोकथाम र नियन्त्रण गरी नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चित गर्नु रहेको उनले स्पष्ट पारे । 

मन्त्री शाहीले हाल वन मन्त्रालयले सबै मन्त्रालयको सहभागितामा जलवायु परिवर्तनसम्बन्धी १० वर्षे योजना राष्ट्रिय निर्धारित योगदान (एनडिसी) बनाउने तयारीमा रहेको जानकारी गराए । 


Author

थप समाचार
x