राष्ट्रपतिले गरे माघ १८ गतेका लागि संसद् अधिवेशन आह्वान
फाइल तस्बिर
काठमाडौँ- हिउँदे अधिवेशनको आह्वान भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशनको आज आह्वान गरेका हुन् ।
हिजो बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले माघ १८ गते शुक्रबार दिउँसो १ बजे संसद्को हिउँदे अधिवेशन आह्वान गरेका हुन् ।
राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलेजा रेग्मी भट्टराइका अनुसार माघ ७ गतेको मन्त्रिपरिषदको सिफारिसमा सो आह्वान भएको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया