निर्वाचन व्यवस्थापनबारे संवैधानिक निकायका पदाधिकारीसँग आयोगको छलफल
काठमाडौँ : निर्वाचन आयोगले निर्वाचन व्यवस्थापनबारे संवैधानिक आयोगको भूमिका र चुनौती, निर्वाचन सञ्चालन तथा व्यवस्थापन, लैङ्गिक तथा समावेशी नीति, निर्वाचन आचारसंहिता अनुगमन र पर्यवेक्षणलगायत विषयमा संवैधानिक निकायमा रहेका महिला पदाधिकारीहरूसँग छलफल गरेको छ ।
लोक सेवा आयोग, राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय महिला आयोग, मधेशी आयोग, आदिवासी जनजाति आयोग, थारु आयोग, समावेशी आयोगका पदाधिकारी तथा कर्मचारीहरूसँग आयोगले आज छलफल गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले लैङ्गिक तथा समावेशिताको विषय सबै निकायसँग सम्बन्धित भएको, यसमा कानुनी रूपमा धेरै समस्या नभए पनि व्यवहारिक रूपमा समस्या रहेको बताए ।
उनले विभिन्न क्षेत्रमा महिला सहभागिताको तुलनामा कार्यकारी पदहरूमा महिलाको उपस्थिति न्यून रहेकोले शासकीय प्रणालीलाई समावेशी बनाउन सबै निकायबीचको समन्वयलाई मजबुद बनाउँदै कार्य गर्नुपर्ने आवश्यकता रहेको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया