प्रचण्डको 'अघोषित' समर्थन पाएका अध्यक्षका उम्मेदवार सापकोटा
काठमाडौँ- नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्षमा सात जनाले उम्मेदवारी दर्ता गरेका छन् । २३ औं सम्मेलनमा नेता नै पिच्छेका उम्मेदवार प्यानल नै बनाएर अगाडि बढेका चुनावी मैदानमा उत्रिएका छन् । अध्यक्षको 'हेभिवेट' उम्मेदवारको रूपमा पर्वतका विजय सापकोटालाई हेरिएको छ ।
पार्टीभित्र गुट अन्त्य गर्न लागि परेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पनि 'अघोषित' समर्थन सापकोटालाई छ । बाहिर माओवादी नेता शक्ति बस्नेत प्यानलबाट अध्यक्षको उम्मेदवारी दिए पनि भित्रि रूपमा सापकोटालाई अध्यक्ष प्रचण्डले साथ दिएका छन् ।
यसअघि माओवादी अध्यक्ष प्रचण्डले सकेसम्म सापकोटालाई अध्यक्ष बनाएर सहमतिमा नेतृत्व चयन गर्न निर्देशन दिएका थिए । सापकोटा अध्यक्ष र हेमन्त राईलाई महासचिव बनाएर सहमतिको प्रयास खोजिएको थियो, तर त्यो सफल हुन सकेन् । राईले मंगलबार अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । माओवादी उपमहासचिव जनार्दन शर्माको साथ पाएका राईलाई भोजपुरकै माओवादी नेता सुदन किरातीको समेत समर्थन छ ।
अध्यक्षमा उम्मेदवारी दिएका सुदिन पौडेललाई माओवादी उपमहासचिव वर्षमान पुनको साथ छ भने अध्यक्षमा उम्मेदवारी दिएका उपदेश यादवलाई माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठको साथ छ ।
विश्वमणि थापालाई माओवादी उपाध्यक्ष पम्फा भुसालले समर्थन गरेकी छन् भने माओवादी उपाध्यक्ष कृष्णबहादुर महराले पारिवारिक नाता सम्बन्धसमेत रहेका योगेन्द्र बुढालाई सहयोग गरेका छन् । त्यस्तै तिर्सना हमालले पनि अध्यक्षमा उम्मेदवारी दर्ता गराएकी छन् ।
माओवादी अध्यक्ष प्रचण्डले समर्थन गरेका सापकोटा यसअघि संगठनको उपमहासचिव थिए ।
सापकोटाको समाजवादी मोडलको शिक्षा र संगठन विस्तारको कार्यक्रम
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया