राजनीति

कांग्रेसले माघ १६ र १७ मा नेपाल स्टार्टअप र साना तथा मझौला व्यवसाय सम्मेलन गर्ने

इकागज |
माघ १२, २०८१ शनिबार १५:३२ बजे

फाइल फाेटाे

काठमाडौं - नेपाली कांग्रेसले आगामी माघ १६ र १७ गते नेपाल स्टार्टअप र साना तथा मझौला व्यवसाय सम्मेलन गर्ने भएको छ । 

कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागले शनिबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै नेपालको उद्यमशीलता क्षेत्रमा नयाँ ऊर्जा सिर्जना गर्ने र देशको आर्थिक रूपान्तरणमा योगदान पुराउने उद्देश्यले सानेपामा सम्मेलनको आयोजना गरिएको जनाएको हो । 


दुई दिने सम्मेलनको कांग्रेस सभापति शेर बहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ भने सम्मेलनमा उद्योग, उद्यमशीलता क्षेत्रमा क्रियाशील व्यक्तित्वहरूको सहभागीता रहने आयोजकले जनाएको छ । नवप्रवर्तन र उद्यमशीलतामार्फत आर्थिक रूपान्तरण गर्न, स्टार्टअपमा लगानीका अवसर र चुनौतीहरूको विश्लेषण गर्न तथा महिलाहरू र युवाहरूलाई उद्यमशीलतामा प्रोत्साहन गर्न नीति सुधारको पैरवी गर्ने उदेश्यका साथ सम्मेलनको आयोजना गरिएको कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागकी संयोजक तथा केन्द्रीय सदस्य उर्मिला थपलियाले जानकारी दिए । 

सम्मेलनमा ८० भन्दा बढि स्टल रहने र ६ हजार भन्दा बढि सहभागीहरू रहने आयोजकले जनाएको छ । सम्मेलनका क्रममा नवप्रवर्तन र उद्यमशीलता कृषि उद्यमशीलता, सूचना प्रविधि विकास, महिला उद्यमशीलता र प्रेरणादायी उद्यमशीलता यात्राबारे विशेष छलफल हुने कांग्रेसले जनाएको छ । सम्मेलनबाट प्राप्त सुझावले व्यवसायिक नीति सुधार र लगानीको वातावरण बनाउन ठोस मार्गनिर्देशन गर्ने अपेक्षा आयोजकको छ । 


 


Author

थप समाचार
x