राजनीति

अशोक राई नेतृत्वको जसपाको केन्द्रिय समितिको बैठक आज पनि

इकागज |
माघ १३, २०८१ आइतबार ७:१ बजे

फाइल फोटो

वीरगञ्ज- अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएको छ ।

शनिबार देखी वीरगञ्जस्थित पुजन होटलमा सुरू भएको बैठकमा समसमायिक राजनीतिक बिषयलगायतमा छलफल भइरहेको छ ।


पार्टीका उप–महासचिव एवम् संघीय खानेपानी मन्त्री प्रदीप यादवका अनुसार बैठकमा विभिन्न राजनीतिक,सङ्गठनात्मक तथा समसामयिक विषयहरूमा गहन छलफल गर्नुका साथै, पार्टीको भावी रणनीति र मधेशका मुद्दासम्बन्धी विषयमा विशेष छलफल हुनेछ ।


Author

थप समाचार
x