राजनीति

समाजवादी मोर्चाको बृहत अन्तर्क्रिया कार्यक्रम आज

इकागज |
माघ १५, २०८१ मंगलबार ७:४० बजे

काठमाडौँ- समाजवादी मोर्चाले आज वृहत्त अन्तरक्रिया कार्यक्रम गर्दैछ । 

नेपाल प्रज्ञा प्रतिष्ठान भवन कमलादीमा दिउँसो १२ बजेबाट सो कार्य्रकम सुरू हुनेछ । 


‘वर्तमान राष्ट्रिय राजनैतिक परिस्थिति र समाजवादी मोर्चा नेपालको कार्यभार’ शीर्षकमा सो कार्यक्रम राखिएको हो ।  

समाजवादी मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी रहेका छन् ।

भोलीका लागि तय गरिएको कार्यक्रम एक दिन अगाडि सारेर आज राखिएको हो । गत माघ २ गते बसेको मोर्चाको बैठकले सहिद दिवसको अवसरमा माघ १६ गते काठमाडौँमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको थियो ।


Author

थप समाचार
x