संसद् बैठक सुरू भएलगत्तै बोल्नलाई समय माग्दै रास्वपा सांसदहरूको विरोध
काठमाडौँ- संसद् बैठक सुरू भएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उठेर विरोध गरेको छ । शुक्रबार दिउँसो १ बजेदेखि सुरू संघीय संसद्को हिउँदे अधिवेशनमा रास्वपा सांसदहरूले उठेर विरोध गरेका हुन् ।
रास्वपा सांसदहरूले बोल्नलाई समय मागिरहेका छन् । रास्वपा सांसदहरूलाई बस्न आग्रह गर्दै दलिय आधारमा बोल्न पाइने सभामुख देवराज घिमिरेले बताइरहेका छन् । संसद्को कार्यसूची अगाडि बढ्न सकिरहेको छैन् ।
सचिवालयका अनुसार आजको प्रतिनिधिसभा बैठकमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान, प्रधानमन्त्रीको कार्यभार तोकिएको र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने कार्यसूची रहेको छ ।
आजको बैठकमा गत पुस २६ गते बसेको मन्त्रिपरिषदको बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेका अध्यादेश प्रस्तुत हुनेछ भने सरकारले जारी गरेको अध्यादेशहरू सदनका दुवै बैठकमा प्रस्तुत हुनेछन् ।
अधिवशेन सुरु भएको दिन प्रधानमन्त्री केपी शर्मा ओलीलगायत यसअघि जस्तै दलीय आधारमा शीर्ष नेताहरूले आ–आफ्नो मन्तव्य राख्ने कार्यसूची रहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया