राजनीति

भूमिहीनलाई मालिक बनाउन अध्यादेशमार्फत भूमिसम्बन्धी ऐन संशोधन - एमाले सचिव अर्याल

इकागज |
माघ १९, २०८१ शनिबार १८:१४ बजे

फाइल फाेटाे

काठमाडौं - नेकपा (एमाले) की सचिव पद्मा अर्यालले भूमिहीन नागरिकलाई जमिनको मालिक बनाउन अध्यादेशमार्फत भूमिसम्बन्धी ऐन संशोधन गरिएको बताएकी छिन् । 

शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले भूमिहीन सुकुम्बासीहरुलाई भूमिको मालिक छिटोभन्दा छिटो बनाउन सकियोस् भन्ने मनसायका साथ धेरै चिजमा हात नहालिकन कामलाई छिटो छरितो बनाउने हिसाबले भूमि ऐन संशोधन भएको बताइन् । 


अव्यवस्थित बसोबासीहरूलाई पनि निश्चित रकम लिएर जमिन उपलब्ध गराउने उनले बताए । त्यस्तै, विदेशी लगानी भित्र्याउन, जनतालाई सरकारबाट प्रदान गरिने सेवाहरु छिटोछरितो तरिकाले  प्रदान गर्न अध्यादेश ल्याइएको उनको भनाइ छ । 

उनले सामाजिक सञ्जाल नियमन विधेयकको सन्दर्भमा आफूहरूको ध्यानाकार्षण भएको बताइन् । सचिव अर्यालले उक्त विधेयक नियमनको निम्ति बनाइएको र नियन्त्रणका लागि नभएको जिकिर गरिन् । 

अध्यादेशमार्फत कानुन संशोधन भएपछि निजी क्षेत्र र आईटी क्षेत्रका लगानीकर्ताहरु खुसी रहेको उनले बताइन् । 


Author

थप समाचार
x